जसपा नेपालकाे मधेश प्रदेश मिडिया परिचालन समिति गठन

डेटूडे खबर डेस्क
१३ चैत्र २०७८
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल निकट मधेश प्रदेश मिडिया परिचालन समिति गठन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं मधेश प्रदेश सरकारका प्रबक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र विशिष्ट अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवको उपस्थितिमा जनकपुरधाममा आइतवार आयोजित एक प्रदेशस्तरीय भेलाले मनोज यादवको संयोजकत्वमा १२ सदस्य समिति चयन गरिएको छ ।
उक्त समितिको सदस्य सचिवमा स्मृति मिश्र सदस्यहरुमा बृजमान तामाङ, अर्मेन्द्र यादव, माला राय, नागेन्द्र यादव, किशोरी यादव, राम विनय साह, आर.के पटेल, विरेन्द्र साह, आरती मण्डल, प्रेमशिला यादव रहेका छन् ।
कार्यक्रममा जसपा केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य अमरनाथ मण्डल, प्रेस मञ्च नेपाल मधेश प्रदेश निवर्तमान अध्यक्ष श्यामसुन्दर यादव, प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा, प्रेस मञ्च नेपालका केन्द्रिय सदस्यहरु, प्रेस मञ्चका मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्लाका अध्यक्षहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।