डेटूडे खबर डेस्क
१४ चैत्र २०७८
सिरहा । मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताएका छन् ।
सिरहाको लहान नपा १९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सदियौ देखि शासक वर्गबाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लडने एक मात्र पार्टी जसपा रहेको दावी गरेका छन् ।
पुस्तौ पुस्ता देखि ठुला भन्नेगरेका पार्टीका नेताहरु समेत अहिले मधेश विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफनै पार्टीमा स्थान पाई रहेको बताउदै मुख्यमन्त्री राउतले भने ,‘मधेश आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागु नभएको भए अहिले उहाँहरुको अवस्था के हुन्थ्योहाेला सोचेर पनि आफूलाई दया लागिरहेको छ ।’
अन्य दलहरु आश्वान दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको मधेश सरकार व्यवहारमा उतारेर देखाएको दावी गर्दै मुख्यमन्त्री राउतले मधेश सरकार जनसंख्याको आधारमा आरक्षणको व्यवस्था, दलित , महिला, मुस्लिम लगायतको समुदायलाई राज्यको मुल धारमा ल्याउन गरेका प्रयासहरु ठोस उदाहरण रहेको उल्लेख गरे।
वडा कमिटीका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री राजलाल यादव, केन्द्रिय सदस्य राजकुमार गुप्ता प्रदेश सदस्य रिता यादव सहितका नेताहरुले सम्बोधन गरेको थियो ।