प्रधानमन्त्रीद्वारा बिमस्टेकको शिखर सम्मेलनलाई सम्बोधन

  डेटूडे खबर डेस्क
  १६ चैत्र २०७८

                            

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी, जलवायु परिवर्तन, सूचना प्रविधिको पहुँचको असमानता र महामारीको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ । श्रीलङ्काको कोलम्बुमा सुरु भएको आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दैै देउवाले अहिले विश्वले एकै साथ ठूला–ठूला जटिल चुनौतीको सामना गर्नुपरेको भन्दै मित्र राष्ट्रहरूले सहयोग र एकताको आधारमा काम गरेमा मात्रै यस्ता सङ्कटलाई पार लगाउन सकिने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोना महामारीले बिमस्टेकका सदस्य देशहरूको अर्थतन्त्र थप समस्यामा परेको भन्दै प्रधानमन्त्री देउवाले जारी शिखर सम्मेलनले क्षेत्रीय भावना, एकता र ऐक्यबद्धताका साथ काम गर्नुपर्ने बताउनुभयो । बिमस्टेकको शिखर सम्मेलनले सूचना प्रविधिको हस्तान्तरणको बारेमा बडापत्र पारित गर्न लागेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य देशहरूका लागि यो कोशेढुङ्गा हुने पनि बताउनुभएको छ । 

यस्तै सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि कोरोना महामारीले निकै ठूलो चुनौती थपिएको भन्दै प्रधानमन्त्री देउवाले बिमस्टेकका सदस्य देशहरूले संयुक्त पहल गर्नुपर्ने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट