मधेस प्रदेशसभा बैठकमा गणपूरक संख्या पुगेन, बैठक स्थगित
.jpg)
डेटूडे खबर डेस्क
१६ चैत्र २०७८
जनकपुरधाम । आज बसेको बैठकमा १३ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो । बैठक सञ्चालनका लागि २६ जना प्रदेश सांसदको उपस्थिति अनिवार्य रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए
।बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन्।
उनले बैठकलाई स्थगित गर्न सभामुखसँग आग्रह समेत गरेका थिए । त्यस्तै अर्का प्रतिपक्षी नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।
उनले मन्त्रीहरुले आफ्नो कामको नाममा व्यस्त रहेको भन्नु प्रदेशसभा बैठकलाई बेवास्ता गर्नु रहेको बताए । त्यसपछि सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
आज बसेको बैठकमा १३ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो । बैठक सञ्चालनका लागि २६ जना प्रदेश सांसदको उपस्थिति अनिवार्य रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।