के यो महिनामा रणवीर कपुर र आलिया भट्टले विवाह बन्धनमा बाँधिनेछन् ?

  डेटूडे खबर डेस्क
  २१ चैत्र २०७८

                            

रणवीर कपुर र आलिया भट्ट अन्ततः विवाह बन्धनमा बाँधिदैछन् । मिडिया रिपोर्टका अनुसार आफ्नो सम्बन्धलाई लिएर सधैं मौन रहने यो जोडी अब अप्रिलमा विवाह गर्दैछ । विवाह परिवार र नजिकका साथीहरूको उपस्थितिमा रहनेछ ।

मिडिया रिपोर्टका अनुसार बलिउडको बहुप्रतिक्षित विवाह अप्रिलको दोस्रो हप्तामा हुँदैछ ! यो जोडीले आफ्नो परिवार र केही नजिकका पाहुना र साथीहरूसँग गाँठ बाँध्नेछ। उनीहरुले १७ अप्रिलमा विवाह गर्न लागेको बताइएको छ ।

उनीहरुको विवाह मुम्बईको चेम्बुर स्थित आरके हाउसमा हुने बताइएको छ । यसअघि रणवीर कपुर र आलिया भट्टले राजस्थानको उदयपुरमा विवाह गर्ने खबर आएको थियो । अहिले उनको परिवार मुम्बईमा बिहे गर्न चाहन्छ भनिएको छ ।

वर्कफ्रन्टमा, आलिया भट्ट हालै जूनियर एनटीआर र रामचरणको अपोजिट आरआरआरमा देखिएकी थिइन् । फिल्मले बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ । यसपछि उनी आफ्ना प्रेमी रणवीर कपूरसँग ब्रह्मास्त्रमा देखिनेछिन् । उक्त फिल्म सेप्टेम्बर ९ तारिकमा रिलिज हुने तालिका रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट