तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

डेटूडे खबर डेस्क
२३ चैत्र २०७८
काठमाडौँ । निर्वाचन आयोगले अबको तीन दिनभित्र निर्वाचन आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तीन दिनभित्र आचारसंहिता लागू हुने बताएका हुन् । आयोगका अनुसार आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकार सहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ । भोलि यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र त्यसको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ ।’
स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता आयोगले जारी गर्न सकेको छैन ।