महोत्तरीको पिपरा गाउँपालिकामा लोसपा नेपालको तर्फबाट बुलन मिश्रले गरे उम्मेदवारीको घोषणा

  डेटूडे खबर डेस्क
  ३० चैत्र २०७८

                            

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट पिपरा गाऊपालिकाको अध्यक्ष पदमा ब्रजेन्द्र मिश्र (बुलन) को उम्मेदवारी घोषणा गरेसंगै पालिका भित्रका सम्पूर्ण जनतामा निकै चर्चाको विषय बनेको छ ।

को हुन् बुलन मिश्र?

मधेस आन्दोलनको विभिन्न कालखण्डमा तत्कालीन तमलोपाको तर्फबाट अग्रणी मोर्चामा रहि महोत्तरी र धनुषामा आन्दोलका नेत्रृत्व गरेका थिए । आन्दोलनकारी नेतृत्व गर्ने क्षमता भएको मिश्र  ईमानदार, कर्मठ, निष्ठावान र सुयोग्य नेता मध्ये उत्कृष्ट नेता हुन ।

संगठन निर्माण तथा लक्ष्य प्राप्तिमा मिश्र कुशल व्यक्तित्व हुन । विगत चुनावमा तमलोपाले उम्मेदवारी गर्न अनुमति नदिदा मर्यादित ढंगले पार्टी परित्याग गरी राजनैतिक सन्यास लिने निर्णय गरेता पनि आन्दोलनको क्रममा संगै काम गरेका साथीहरुको सुझावमा आन्दोलमा रहेका तर, पिपरा गाउँपालिकामा शुन्य रहेका पार्टी फोरम नेपलबाट उम्मेदवारी दिई सम्मान जनक मत प्राप्त गरी एक महिना भित्र पार्टी संगठनलाई मजबूत पारी पार्टीलाई उचाई दिलाएका व्यक्ति हुन मिश्र ।

हाल मिश्र लोसपा नेपालमा सक्रिय रही संगठन बनाउन सक्रिय रहेको उनी उताउँछन् ।

पार्टीले वहाँको राजनीतिक यात्रालाई मूल्याङ्कन गर्नेछ, भनी जनतामा जनविश्वास रहेको छ । पिपराको जनता विगत वर्षौ देखीको भ्रष्टाचारी र जातिवादबाट मुक्ति पाउन विकल्पमा मिश्र प्रति आशा र विश्वास बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट