केजीएफ च्याप्टर २’ ले नेपाली हलमा बनायो नयाँ रेकर्ड

  डेटूडे खबर डेस्क
  ०१ वैशाख २०७९

दक्षिण भारतीय (साउथ) फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपालमा नयाँ रेकर्ड बनाउने देखिएको छ ।

आज बिहीबारबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आएको यो फिल्मका लागि नेपालमा अहिलेसम्मकै उच्च शो राखिएको छ ।

नेपाली दर्शकको प्रतिक्षाको सूचीमा रहेको फिल्मको मल्टिप्लेक्समा आइतबारसम्मको अग्रिम टिकट बिक्री भइरहेको छ, भने मल्टिप्लेक्सले अहिलेसम्म कहिलै नराखेको शो बिहान ३ बजेदेखि राती १० बजेसम्म राखेको छ ।

कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार बिहान ३ बजेको शो र चावहिलस्थित एफक्युब सिनेमाजमा बिहान ४ बजेको शो ‘केजीएफ च्याप्टर २’ राखिएको थियो । बिहान ३ बजेको शोमा पनि दर्शक उल्लेख्य रहेको बताइन्छ ।

दर्शकको चापअनुसार हलले जुनै बेला पनि शो राख्न सक्ने चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । ‘शो कुन बेला राख्यो भन्ने महत्वपुर्ण कुरो होइन’ प्रधानले भने, ‘हलले शो अनुसारको राज्यलाई ट्याक्स बुझाएको छ, छैन त्यो महत्वपूर्ण हो ।

’ राज्यको ट्याक्सको दायराम रहेर हलले आवश्यकताअनुसार शो बढाउन घटाउन सक्ने प्रधानको भनाई रहेको छ ।

फिल्ममा साउथ स्टार यस, संजय दत्त, रिविना टण्डन, श्रीनिधी शेट्टीको मुख्य भूमिका रहेको छ । फिल्म प्रशान्त निलले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !

सम्बन्धित पोस्ट