विवाह बन्धनमा बाँधिदै मेलिना राई

  डेटूडे खबर डेस्क
  ०४ वैशाख २०७९

                            

नेपालकी चर्चित गायिका मेलिना राईले प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत हुनेवाला पतिको तस्बिर सार्वजनिक गरेकी हुन्।

राईले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। सञ्जीवलाई ट्यागसमेत गरेकी मेलिनाले ‘टुबी हजबेन्ड’ भन्दै ह्यासट्याग राखेकी छन्।

सञ्जीव म्युजिक अरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन्। यी जोडीले यसैवर्ष विवाह गर्ने योजना बनाएको बुझिएको छ ।

७ डिसेम्बर १९९३ मा भारतको दार्जिलिङमा जन्मेकी राईले १२ वर्षको उमेरमा नै पहिलो गीत रेकर्ड गराएकी थिइन् ।

आफ्नै बुबाको शब्द रचना तथा संगीत रहेको गीत ‘हिमालको काखमा छ मेरो सुन्दर देश’मा स्वर दिने मौका पाएकी थिइन् । गीतमा मेलिनासहित ७ जनाको स्वर थियो ।

त्यसपछि ०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा मेलिना राई प्रथम भएकी थिइन् । ‘कम्मरमाथि पटुकी’ बोलको गीतले मेलिना चिनिन थालेकी हुन् ।

‘तिम्ले बाटो फेरेउ अरे’ बोलको गीत मेलिनाको करिअरमा कोसेढुंगा नै सावित भएको हो । उनकै स्वरमा रेकर्ड भएको गीत ‘कुटुमा कुटु’ ले युट्युबमा सर्वाधिक १० करोड बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट