अमेजन प्राइममा रिलिज हुँदै ‘केजीएफः च्याप्टर २’

डेटूडे संवाददाता
०९ वैशाख २०७९
साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले दिनहुँ नयाँ इतिहास रचिरहेको छ । बक्स अफिसमा फिल्मको कमाईको गतिले तीब्रता लिएको छ ।
अहिलेसम्म पनि तपाईंले यस फिल्म हेर्नका लागि समय निकाल्न सक्नुभएको छैन भने केही समय पर्खनुहोस् । किन भने अब यो फिल्म छिट्टै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।
कुन ओटीटीमा केजीएफ २ स्ट्रिम हुनेछ ?
न्यूज १८ को रिपोर्ट अनुसार, ‘केजीएफः च्याप्टर २’को डिजिटल अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइमले किनेको छ ।
अब यशको यो फिल्म अमेजन प्राइम भिडियोमा हिन्दी, कन्नड, तेलुगु, मलायालम र तमिल भाषाहरूमा स्ट्रिम गरिनेछ ।
त्यसपछि तपाईले घरमै बसेर यो फिल्म हेर्नसक्नुहुनेछ ।