जनकपुरधाममा लाेसपाले लगायो मेयर र उपमेयरको टुंगो

  डेटूडे खबर डेस्क
  १० वैशाख २०७९

                            

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

जनकपुरधामको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरीलाई टिकट दिने टुङ्गो लगाएको हो।

लोसपाले मधेस प्रदेशको राजधानी जनकपुरधामका लागि मनोज चौधरीलाई मेयर पदको उम्मेदवार बनाएको छ।

दुई दिनदेखि चलिरहेको पार्टीका शीर्ष नेताहरुको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

 उपमेयरका लागि रिता कुमारी मिश्रलाई टिकट दिएको छ।

मेयरको टिकट पाएका चौधरी जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष समेत हुन्। त्यस्तै मिश्र अघिल्लो निर्वाचनमा पनि जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट