पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी भयाे पूरा

  डेटूडे खबर डेस्क
  १० वैशाख २०७९

                            

निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताउनुभयो ।

आयोगले भोलि र पर्सि बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।  यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ ।

आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट