वीरगञ्ज महानगरकाे मेयरमा आज ११ जनाको उम्मेदवारी

  डेटूडे खबर डेस्क
  ११ वैशाख २०७९

                            

पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरमा आज आइतवार ११ जनाको उम्मेदवारी परेको छ । ११ मध्ये नाै जना स्वतन्त्र उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।  

पार्टीका तर्फबाट उम्मेदवारी दिनेमा नेपाल मजदुर किसान पार्टीका गोकर्णप्रसाद कोइरी र नेपाल सद्भावना पार्टीका विजयकुमार रौनीयार हुनुहुन्छ । 

स्वतन्त्र उम्मेदवारमा युवाको बाहुल्यता देखिएको छ । २२ वर्षीय विकासराज पटेल, २४ वर्षीय युवा फिरोज आलम र राधेश्याम साह, २५ वर्षीय सगिर अली, ३२ वर्षीय कैलाश प्रसाद, ३३ वर्षीय संजीव यादवले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै ६४ वर्षीय सेवा निवृत्त शिक्षक राजेन्द्र सिंह भूमिहारले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । 

यसैगरी पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाले उम्मेदवारी  दर्ता गराएका निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । 

जगरनाथपुर गाउँपालिकामा जनता सामाजवादीको तर्फबाट अध्यक्षमा कृष्ण मोहन यादवको प्यानल सहितको उम्मेदवारी दर्ता भएको छ । 

जनमत पार्टीका तर्फबाट पनि डा. चन्दन चौहानको नेतृत्वमा प्यानलकै उम्मेदवारी परेको निर्वाचन आयुक्त चिन्तामणि शर्माले जानकारी दिनुभयो । 

सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । 

विन्ध्यवासीनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रमोद तिवारीको प्यानलसहितको उम्मेदवारी दर्ता भएको छ । 

जनता समाजवादी पार्टीको तर्फबाट निर्वतमान अध्यक्ष श्रीलाल साह कानुको प्यानलको उम्मेदवारी दर्ता भएको भएकाे छ ।

पोखरिया नगरपालिकामा राप्रपाबाट मेयरमा जीवनज्योति पासवान नेपाल सुशासन पार्टीको तर्फबाट मेयरमा शंकर राउत अहिर, स्वतन्त्रमा धर्मराज यादव, उपमेयरमा विणादेवी र जयकुमार रजकसहित सात वडाध्यक्ष गरी ३५ जनाको उम्मेदवारी परेको छ । 

ठोरी गाउँपालिकाकाे अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट गंगाबहादुर खड्काको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट