जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि एमालेबाट हिराले पाए टिकट

  डेटूडे खबर डेस्क
  १२ वैशाख २०७९

                            

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ ।

एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले शनिबार ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न सकेको थिएन । 

आइतबार मध्यराती उम्मेदवारको टुंगो लगाइएको छ ।

जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नं ‍‍‍७ का अध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो ।

तर,  अन्त्यमा आएर हिराले नै बाजि मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट