निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

डेटूडे खबर डेस्क
१५ वैशाख २०७९
धनुषा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार जुटिरहेका छन् । उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहिता विपरित प्रयोग गरेको पाइएको छ ।
चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, लगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित बालबालिका प्रयोग गरिरहेका हुन् ।