३० गतेदेखि चार दिन सार्वजनिक बिदा !

  डेटूडे खबर डेस्क
  १५ वैशाख २०७९

                            

आउने  ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि  सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ।

यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते  विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट