जनकपुरधामको मेयरका उम्मेदवार बैधनाथ साह सहित १५ जनाले लिए उम्मेदवारी फिर्ता

  डेटूडे खबर डेस्क
  १६ वैशाख २०७९

                            

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बैधनाथ साह सहित १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रवार उम्मेदवारको नाम फिर्ता लिने निर्वाचन आयोगको कार्यसूचि रहेकोमा यस अवधिमा दुई मेयर पदका उम्मेदवार सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिनेमा मेयर पदका उम्मेदवार बैधनाथ साह र नन्द कुमार भगत रहेका छन् । त्यस्तै उपमेयरबाट विश्वनाथ साह सुडीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै ११ जना वडाध्यक्ष पदका उम्मेदवार र एकजना वडा सदस्य पदका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।

बैशाख ३० मा मतदान हुनेछ भने भोली उम्मेदवारहरुलाई चुनाव चिन्ह दिइनेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट