महाेत्तरीमा हावाहुरीले विद्यालय तथा घरमा क्षति पुर्याउँदा १४ लाख रुपैयाँभन्दा बढीको क्षति

  डेटूडे खबर डेस्क
  १८ वैशाख २०७९

                            

महोत्तरी । गएराति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीले विद्यालय, पोल्ट्री फार्म तथा घरमा क्षति पुर्याएकाे छ । 

हावाहुरीले १४ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयाे । 

उहाँका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ मा रहेकाे कुलदीप निमाविको पूरै छाना उडाउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै त्यही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा पाँच लाख तथा सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट