महोत्तरीमा पोखरीमा डुबेर १ बालकको ज्यान गयो

  डेटूडे खबर डेस्क
  १९ वैशाख २०७९

                            

महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोनमा गाँउपालिका ३ रघुनाथपुर बस्ने जोगिन्द्र यादवको छोरा ६ वर्षीय सुजित कुमार यादव छन् ।

घरभन्दा पाँचसय मिटर पश्चिममा रहेको पोखरीको डुबिरहेको अवस्थामा स्थानीयले बालकको उद्धार गरेका थिए ।

अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटना विषयमा थप अनुसन्घान गरिरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रंजन मिश्रले जनकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट