भोली मधेश प्रदेशमा सार्वजनिक बिदा

  डेटूडे खबर डेस्क
  १९ वैशाख २०७९

                            

जनकपुरधाम । मधेश प्रदेश सरकारले भाेली (मंगलबार) प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै भाेली प्रदेशमा सार्वजनिक बिदा दिएका हुन् ।

मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, शुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामना गर्दै सार्वजनिक बिदा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट