नमूना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवार साह धर्नामा

डेटूडे खबर डेस्क
१९ वैशाख २०७९
जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।
आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् । ‘मसँग खेलवाड गर्न खोजिएको छ,’ उनले भने, ‘पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ भएन ।’
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले धेरै स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नमूना मतपत्रमा नदेखिएको बताए । उनले यस विषयमा आयोगलाई जानकारी गराइसकिएको बताए