लिखित सम्झौता भएपछि धर्नामा बसेका मेयरका बागी उम्मेदवार मनोज साह गरे धर्ना स्थगित
.jpg)
डेटूडे खबर समाचारदाता
१९ वैशाख २०७९
जनकपुरधाम उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका मेयरका बागी उम्मेदवार मनोज साह धर्ना स्थगित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतसँग लिखित सम्झौता भएपछि साहले धर्ना स्थगित गर्दै घरदैलो कार्यक्रममा फर्केका हुन् ।
नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै नेपाली कांग्रेसबाट बागी भएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साह लिखित सम्झौतापछि धर्ना अन्त्य गरेका हुन् ।
साहले निर्वाचन आयोगको अधिकारीक वेबसाईटमा अपलोड भएको नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै धर्नामा बसेका थिए । तर मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलसँग लिखित सम्झौता भएपछि उनी धर्ना अन्त्य गरेर घरदैलो कार्यक्रममा फर्केका हुन् ।
आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृत प्याकुरेलले साँझसम्म आयोगको वेबसाइटमा चुनावचिन्ह सहितको अर्को नमूना मतपत्र अपलोड हुने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन भएको हो ।
साहले नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेकाले मतदातासँग मत माग्नमा समस्या भएको भन्दै धर्नामा बसेका थिए ।