गोरखामा जन्ती बोकेको जीप दुर्घटना , तीन जनाको मृत्यु

  डेटूडे खबर समाचारदाता
  १९ वैशाख २०७९

                            

१९ वैशाख, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।

सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको बारपाक सुलिकोछ गाउँपालिका, चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तमकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘गाडी रोकेर चालक बाहिर निस्केको रहेछ,’ डिएसपी लिलाराज लामिछानेले भने, ‘त्यही बेला एक्कासी गाडी पछाडी गुडेर तल खसेछ ।’


जिल्ला ट्राफिक इञ्चार्ज प्रकाश पोखरेलका अनुसार गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट