जनकपुरधाम उमनपा प्रमुख पदका स्वतन्त्र उम्मेदवार मनोज साहको प्रतिवद्धतापत्र सार्वजनिक

  डेटूडे खबर डेस्क
  २१ वैशाख २०७९

                            

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

बुधवार एक पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार साहले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

साहले आफु निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिका भित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता जनाएका हुन् । उनले आफ्नो प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, सार्वजनिक परिवहन, आधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गर्ने लगायतका प्रतिबद्धता जनाएका हुन् भने उपमहानगरपालिका भित्र रहेका २५ वट वडामा सुलभ शौचालय निर्माण गर्ने भनी उल्लेख गरेका छन् । 

त्यसते बेरोजगारी समस्या समाधानका लागि प्रत्येक वडामा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार  बनाउँन कार्यक्रम संचालन गरिने, जनकपुरधामको ऐतिहासीक र धार्मिक महत्व बोकेको बाह्रबिघा रंगभूमि मैदानलाई स्वच्छ, सफा, हराभर बनाउने, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँको रुपमा विकास गर्ने साहले प्रतिबद्धता पत्रमा उल्लेख गरेका हुन् ।

उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रुपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेसको जनकपुरधाम नगरसभापति रहेका साहले सत्ता गठबन्धनमा जनकपुरधामको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति गरेपछि साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट