ल्याण्ड फिल्ड साइटको व्यवस्था गरी जनकपुरधामलाई फोहर मुक्त शहर वनाउछौ : मनोज चौधरी

  डेटूडे खबर डेस्क
  २१ वैशाख २०७९

                            

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले आफु कार्यकाल सम्हाले लगतै ल्याण्ड फिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने वताएका छन ।

बुधवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसंग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन कमजोर रहेको अवस्थामा ल्याण्ड फिल्ड साइट निमार्ण गरि जनकपुरधामलाई फोहरमुक्त वनाउने वताए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल जनकपुरधामका अध्यक्ष समेत रहेको चौधरीले जनकपुरधाम धार्मिक तथा पर्यटकिय शहर समेत भएकोले त्यसको मध्यनजर गर्दै जनकपुरधाममा जानकी मन्दिर सम्म निशुल्क बस संचालन गर्ने वताए । जनकपुरधामलाई पर्यटकिय क्षेत्रको विकास गरि पर्यटन क्षेत्रको वढावा दिनकलागि जनकपुरधामको रेल्वे स्टेशन,जनकपुरधाम विमानस्थल र र बस पार्कबाट जानकी मन्दिर सम्म निशुल्क वस संचालन गर्ने वताए ।

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत विभिन्न वडामा घरदैलो अभियान संचालन गर्दे आएका मेयर पदका उम्मेदवार मनोज चौधरीले बुधवार कुर्थाटोलको घर घरमा पुगेर भोट मागेका थिए ।

यस भन्दा पहिलेका मेयरले कुर्था वासीसंग ठगी गरेको भन्दै आक्रोश व्यक्त गर्दै मनोज चौधरीलाई कुर्थावासीको साथ रहेको भनेर टोल वासीले प्रतिवद्धता जनाएका थिए ।

घरदैलो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदकि उम्मेदवार रिता कुमारी मिश्र,लोकतान्त्रिक समजवादी पार्टी धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह, लोसपा प्रचार प्रसार समितिका अध्यक्ष तथा युवा नेता संजय चौधरी, अमर पजियार, सरिता शर्मा लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट