आचारसंहिता विपरीत चुनावी प्रचारमा भारतीय गाडीको प्रयोग

  डेटूडे खबर डेस्क
  २२ वैशाख २०७९

                            

जनकपुरधाम ।  जनकपुरधाम सहित धनुषामा निर्वाचन आचारसंहिता विपरित भारतीय गाडीको चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहितालाई उलंघन गर्दै विदेशी गाडी प्रयोग गरिरहेका छन् ।

निर्वाचन आचारसंहिता ०७८ को बु‘दा १३ को ‘ज’ मा चुनावी प्रचारप्रसारमा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने उल्लेख छ ।

तर उम्मेदवारहरूले त्यसलाई वेवास्ता गर्दै चुनावी प्रचार प्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको पाइएको छ ।

यता विभिन्न राजनीतिक दलले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेको विषय आफूहरूको नोटिसमा आएको र सवारी साधन नियन्त्रणमा लिनका लागि स्थानीय प्रहरी प्रशासनलाई आदेश दिइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट