डेटूडे खबर डेस्क
२२ वैशाख २०७९
नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकामा गर्ने चुनावी सभामा पूर्व उपभापति बिमलेन्द्र निधि सहभागी नहुने भएका छन् ।
पार्टीको निर्वाचन परिचालन समितिले बनाएको सूचीप्रति आपत्ति जनाउँदै गृहनगरमा हुने सो सभामा उनी सहभागी नहुने धनुषा कांग्रेसका उपसभापति गणेश झाले बताए । जनकपुरमा वैशाख २४ गतेका लागि सभाको मिति तोकिएको छ ।
जसमा निर्वाचन परिचालन समितिले बनाएको सूचीमा निधिको नाम उल्लेख छैन ।
जसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादवको नाममात्रै समावेश छ ।
यही कारण निधि सो सभामा सहभागि नहुने भएको धनुषा कांग्रेसका उपसभापति झाले बताए ।