महोत्तरीमा कुटपिट गर्दै घरमा डकैती , १ जना घाइते

  डेटूडे खबर डेस्क
  २३ वैशाख २०७९

                            

महोत्तरी । महोत्तरीको गौशालामा गएराति डकैती भएको छ ।

गौशाला नगरपालिका १० जलिलटोल बस्ने जयकिशोर महतोको घरमा राति कुटपिट गर्दै लुटपाट भएको हो ।

ती समूहले महतोका वुहारी निरादेवीमाथि आक्रमण गर्दै नगद १ लाख १० हजार, गरगहना, टिभी, मोवाईल गरि करिव ३ लाख बराबरको धनमाल लुटेका छन् ।

घरका अन्य कोठामा बाहिरवाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पिडित जयकिशोर महतोले बताए ।

निराको टाँउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको छ । टाँउकोमा ४ वटा टाका लगाएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।

उनको उपचार प्राथमिक स्वास्थ्यकेन्द्र गौशालामा भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक रन्जन मिश्रले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट