आफ्नै छोराद्वारा ७० वर्षका बुबा र ७३ वर्षीया आमाको हत्या

  डेटूडे खबर डेस्क
  २३ वैशाख २०७९

                            

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगा छोराले आमा र बुबा दुवैको हत्या गरेका छन् । स्थानीय २५ वर्षिय आइतराज लिम्बूले अफ्ना ७० वर्षका बुबा वृखबहादु र ७२ वर्षकी आमा फिपरानीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेका हुन् । उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घटनाबारे तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाइ छ ।

घटनापछि स्थानीयल सुरुमा लेलेप प्रहरी चौकिमा खबर गरेको बताइएको छ । घटनाअघि पनि पारिवारिक विवाद भ एको र प्रहरीले मिलापत्र गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएका थिए । हत्या आरोपित आइतराजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट