आज प्रधानमन्त्री देउवा जनकपुरधाम आउँदै

  डेटूडे खबर डेस्क
  २४ वैशाख २०७९

                            

जनकपुरधाम । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज जनकपुरधाम आउन लागेका हुन् ।

जनकपुरधामको तिरहुतिया गाछीमा हुने सत्ता गठबन्धनको चुनावी सभालाई संवोधन गर्न नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा जनकपुर आउन लागेका हुन् ।

देउवासहित जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लगायतका नेता चुनावी सभामा भाग लिनेछन् ।

दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा जसपाका मेयर पदका उम्मेदवार लालकिशोर साहलाई जिताउन छाता छापमा मत माग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उपेन्द्र यादवले काँग्रेसबाट उपमेयर पदका उम्मदेवार किशोरी साहलाई जिताउन गाछी छापमा मतदान गर्न आग्रह गर्ने छन् ।

जनकपुरधाम उपमहानगरमा सत्ता गठबन्धन अन्तर्गत मेयर जसपाको भागमा परेको छ भने उपमेयर काँग्रेसको भागमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट