मृत अवस्थामा भेटिए वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार
.jpg)
डेटूडे खबर डेस्क
२४ वैशाख २०७९
सुनसरी । सुनसरीमा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्लाको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार गणेश पौडेल मृत फेला परेका हुन् ।
पौडेल आफ्नै घर पछाडि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी गत विहीबार इनरूवा ४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि उनी नेपाली कांग्रेसका कार्यकर्ता थिए ।