गठबन्धनलाई जिताउन जसपा अध्यक्ष उपेन्द्र यादवकाे आग्रह

  डेटूडे खबर डेस्क
  २४ वैशाख २०७९

                            

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको संस्थागत र संविधान कार्यान्वयन गर्न गठबन्धन दललाई मत दिन आग्रह गरेका छन् ।

शनिबार जनकपुरधामको तिरहुतिया गाछीमा  गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विभिन्न आन्दोलनबाट प्राप्त अधिकार लोकतन्त्रको संस्थागत र संविधान सभाबाट निर्मित संविधानको कार्यान्वयन गर्न गठबन्धनका दललाई मत जिताउन आग्रह गरे ।

 

उनले गठबन्धन दलका  जसपाको मेयरले साढे चार वर्षमा जनकपुरधामकै मुहार फेर्न सफल भएको भन्दै अब जनकपुरधामलाई अझै पर्यटकीय नगरी र औद्योगिक नगरीको रुपमा समग्र विकासका लागि पुनः  गठबन्धन दल जसपाबाट मेयर लालकिशोर साह र कांग्रेसबाट उपमेयर किशोरी साहलाई जिताउन जरुरी रहेको बताए ।

अध्यक्ष यादवले साढे चार वर्षअघिसम्म जनकपुरधाम फोहरी शहरीको रुपमा परिचित थिए तर मेयर साहको नेतृत्वमा सडक फराकिलोका साथै सफा सुन्दर बनेकोले जारी योजना र अधुरा योजना पूरा गर्न र विकाससँग सम्बन्धित नयाँ योजनाहरु कार्यान्वयनका लागि गठबन्धन दललाई जिताउन आवश्यक रहेकोमा  जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट