वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाई खाएपछि बिरामी ,सचेत रहन प्रहरीले गरे आग्रह

  डेटूडे खबर समाचारदाता
  २५ वैशाख २०७९

                            

काठमाण्डाै –सर्लाहीमा मिठाई खाएपछि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकाहरु विरामी परेका छन् ।

हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाई खाएपछि बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

माओवादीबाट वडाध्यक्ष उम्मेदवार शेख इस्तिहारसहित दुई वडा सदस्यका उम्मेदवार बिरामी परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

यसैबीच

चुनावको समयमा प्रसाद वा सगुन भन्दै शरीरलाई हानी पुर्‍याउने खानेकुरा खुवाउने गरेको पाइएको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज आइतवार सार्वजनिक सूचना निकालेर राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा नचिनेका मानिसले सगुन वा प्रसाद भन्दै खुवाएका अखाद्य बस्तुले बेहोस हुने र चक्कर लाग्ने लगायतका घटना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । यस्ता प्रकारका घटनाबाट सुरक्षित रहनका साथै कतै यस्तो घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न सूचनामा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट