सप्तरीको बोदे बर्साईनमा ट्याक्टर पल्टिँदा इन्जिनमा च्यापेर चालकको मृत्यु

  डेटूडे खबर डेस्क
  २५ वैशाख २०७९

                            

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न.७ मानराजाको (केराबारी)मा प्र.२ ०१-००१ त २००१ नं.को ट्याक्टर पल्टिँदा इन्जिनमा च्यापेर चालक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मानराजा बस्ने राजिन पौडारको छोरा बर्ष १९ को शिव कुमार पौदार रहेका छन् ।

शनिबार राती करिब पौने ८ बजे बोदेबर्साईन नगरपालिका वडा नं. ७ मुसहरी टोल स्थित भित्री खेतमा जाने क्रममा ,धामिथान सुखापोखरीमा ट्याक्टर पल्टिँदा सोही वडाको मानराजा टोल बस्ने १९ वर्षीय शिव पौदारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पोखरी डिलमा प्र.२-०१-००१ त. २००१ ट्रेक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टन जादा ट्रेक्टर चालकको मृत्यु भएको हो ।

ट्याक्टर चालक पौदारको ट्याक्टरको ईन्जिनले चेपी घट्नास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट