सप्तरीको राजविराजस्थित एक घरमा आगलागी

  डेटूडे खबर डेस्क
  २५ वैशाख २०७९

                            

सप्तरी  सप्तरीको वोरियामा आइतवार भएको आगलागीमा पचास हजार बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर- १६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउँसो आगलागी भएको थियो ।

आगलागीबाट घरमा रहेका भाँडाकुँडा, लताकपडालगायत जिन्सी समान जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले आगो निभाएको स्थानीयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट