राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि बजेट अधिवेशन आह्वान

डेटूडे खबर डेस्क
२५ वैशाख २०७९
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा जेठ ३ गतेका लागि भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् ।
जेठ १५ गते बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि नै संसद्मा नीति तथा कार्यक्रम पेस गरिसक्नु पर्ने प्रावधान छ । यस्तै नीति तथा कार्यक्रम ल्याउनु अघि नै प्री बजेटमाथि छलफल गर्ने अभ्यास छ ।