जनकपुरधाम उमनपाका प्रमुख पदका उम्मेदवार बिभा ठाकुर घरदैलो कार्यक्रममा

  डेटूडे खबर डेस्क
  २६ वैशाख २०७९

                            

जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि तराई मधेश लोकतान्त्रिक पार्टीबाट मधेश प्रदेश को राजधानी जनकपुरधाम उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार बिभा ठाकुरले घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन ।

विभिन्न आन्दोलनहरुमा आन्दोलनको अग्रणी भूमिकामा समेत रहेकि ठाकुरले आज बिश्व कानून दिवशको अबसरमा सम्पूर्ण नगरबासी देश बासीमा सुभकामना दिनुभएको छ र जनकपुरधामको जनता जनार्दनले मलाई मेयरमा विजय बनाउनु भयो भनी कानून देशमा रहेको अनुभूति गराउने प्रतिबद्दता गर्नुभयो जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–१९ मा उपप्रमुखको उम्मेदवार इश्वर पण्डितसँगै घरदैलो तिव्र बनाएका हुन् ।

सोमबार स्थानीय जनतासँग सुख दुःख साटासाट गर्दै जनकपुरधाम उपमहानगरपालिकालाई नमूना नगरपालिका बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

ठाकुरले प्रत्येक स्थानीयबासीको घरघरमा गएर बुढापाकाहरुबाट आर्शिवाद थाप्नुका साथै युवासाथीहरुको सहयोग सद्भावको वचनबद्धता लिदैं नगरपालिकालाई देशमै नमूना नगरपालिकाको रुपमा स्थापित गर्न नीतिगत योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

ठाकुरले आफुले जिते जनकपुरधाम उपमहानगरपालिकाको ग्रामिण छेत्रमा बाटोघाटो, सिंचाइ, शिक्षा र स्वास्थ्यमा अपेक्षा अनुसार नभएकोले आफु जिते धेरै विकास गर्ने दाबी गरे । उनले भने, मैले जितेपछि धेरै कामहरु गर्नुपर्ने छ युवाहरुलाई स्वरोजगार बनाउँने, नगर बसको व्यवस्था, कृषि भण्डारण आदि ईत्यादि कार्यहरु जनताको इच्छा बमोजिम, जनताल भनेे बमोजिम, जनताले गरे बमोजिमको सेवा सुविधा दिनेे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट