उपमेयर उम्मेदवारको निधन

डेटूडे खबर डेस्क
२७ वैशाख २०७९
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राति श्वास प्रश्वासमा असहज भएपछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।
उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।