भारोत्तोलन खेलाडी सन्जु चौधरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिइन्

डेटूडे खबर डेस्क
२७ वैशाख २०७९
काठमाडौं । भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णपदक जितेकी चौधरी आज बिहान ६ बजे झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले कोठाको पङ्खा राख्न बनाइएको हुकमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको बताए ।
चौधरीको स्थायी घर नेपालगञ्ज भई हाल ललितपुरमा सञ्जीव महर्जनको घरमा बस्दै आएकी थिइन् । प्रवक्ता शाहका अनुसार थप विवरण खुल्न बाँकी छ ।
उनी सागमा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी हुन् ।