मधेश प्रदेश : लागूऔषध गाँजासहित युवक पक्राउ

  डेटूडे खबर डेस्क
  २९ वैशाख २०७९

                            

जनकपुरधाम । लागूऔषध गाँजा सहित सर्लाहीबाट एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ८ का १९ बर्षीय रुस्तम कुमार यादव रहेका छन् ।

यादवलाई प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि हिडिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा १३ किलो ९ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट