काङ्ग्रेस र लोसपाका कार्यकर्ताबीच झडप हुँदा मतदान रोकियो

डेटूडे खबर डेस्क
३० वैशाख २०७९
वीरगञ्ज । बाराको देवताल गाउँपालिकामा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ।
गाउँपालिकाको वडा नम्बर ७ मा भइरहेको मतदानको क्रममा नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच विवाद भएको हो।
मतदानको क्रममै विवाद हुँदा झडप भएपछि मतदान रोकिएको हो।