महोत्तरीको मतदानस्थलमा गोली चल्यो
.jpg)
डेटूडे खबर डेस्क
३० वैशाख २०७९
जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिकामा गोली चलेको छ।
आज स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका वडा नं ५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बलवा-५ स्थित मनसिव महावीर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं। ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली केही सुधार भएर च्यातिएपछि होहल्ला गरेको र भीडलाई चितरवितर गर्नका लागि त्यहाँ खटेका सुरक्षाकर्मीले एक राउण्ट हवाई फायर गरेको बताए।
विवाद अहिले समाधान भएर मतदान भइरहेको उनले जानकारी दिए।