धनुषाको शहिदनगरमा चल्यो गोली
.jpg)
डेटूडे खबर डेस्क
३० वैशाख २०७९
जनकपुरधाम । धनुषाको शहिदनगरमा गोली चलेको छ।
धनुषाको शहीदनगर नगरपालिकाको मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हुन् ।
नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।