मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  ३० वैशाख २०७९

                            

स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१४ मा भएको जिप दुर्घटनामा १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए।

ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको उनले बताए। मतदाता बोकेर मतदान केन्द्रतिर जाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

खनालका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्। उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको खनालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट