मतदानस्थलमा काँग्रेसको वडाध्यक्ष माथि खुकुरी प्रहार

डेटूडे खबर डेस्क
३० वैशाख २०७९
बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन्।
बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन्।