मतदान गर्न सिकाउने मतदान अधिकृत पक्राउ

डेटूडे खबर डेस्क
३० वैशाख २०७९
सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सर्लाहीका एसपी प्रवीण पोखरेलले मत दुरूपयोग गरेको आरोपमा अधिकृतलाई नियन्त्रणमा लिएको जानकारी दिए।