निर्वाचन अधिकृत अस्वस्थ भएपछि सर्वदलीय बैठक प्रभावित

डेटूडे खबर डेस्क
३१ वैशाख २०७९
वीरगञ्ज । सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक प्रभावित भएको छ ।
सर्वदलीय बैठककै चलिरहेकै समयमा पोखरेल शनिबार बिहान अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
अर्को बैठकबारे राजनीतिक दलका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराउने सहायक निर्वाचन अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ ।