महोत्तरीको बार्दिवास-८ मा माओवादीका शमशेर सिंह विजयी

  डेटूडे खबर डेस्क
  ३१ वैशाख २०७९

                            

बर्दिबास। महोत्तरीको बर्दिवास नगरपालिका-८ मा नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा विजयी भएका छन् ।

बर्दिवास नगरपालिकाको वडा नम्बर ८ को अन्तिम मतपरिणाम अनुसार लामा वडाध्यक्षमा ७ सय ५३ मत ल्याएर विजयी भएका हुन् ।

बर्दिवास निर्वाचन कार्यालयका अधिकृत भुपेन्द्र सापकोटाले उनी विजयी भएको घोषणा गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका छन् ।

शुक्रबार राति २ बजेबाट बर्दिवास सेवा समितिको हलमा बर्दिवास नगरपालिकाको मत गणना सुरु भएको थियो । ३ हजार ६ सय ५ मतदाता रहेको बर्दिवास ८ मा कुल २ हजार ५ सय ६२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट