जनकपुरधाम उपमहानगरपालिका-१ मा नेपाली काँग्रेसको प्यानल विजयी

  डेटूडे खबर डेस्क
  ०१ जेठ २०७९

                            

जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा दिपनारायण यादवले १ हजार १४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत ल्याएका छन् ।

यस्तै सदस्यहरुमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पंत १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पुर्वे ९२० मत ल्याएर विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट