कांग्रेसका बागी उम्मेदवार मनाेज कुमार साह दाेब्बर मतले अघि

  डेटूडे खबर डेस्क
  ०१ जेठ २०७९

                            

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । दोब्बर मतका साथ साहले अग्रता लिएका छन् ।

जारी मतगणनामा कांग्रेसबाट राजीनामा दिई उम्मेदवारी दिएका मनोज साह १ हजार २६४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले पछ्याइरहेका छन् । साहले ६३८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साह चौथो नम्बरमा छन् । उनले १ सय ९६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गरेका छन। लोसपका उम्मेदवार मनोज चौधरीले १ सय ६४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका किशोरी साहको अग्रता कायमै छ । साहले १ हजा ४५४ मत पाएका छन् भने नेकपा एमालेकी रुना झाले ७ सय १७ मत तथा लोसपाकी रिता झाले २ सय २४ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट